४५ करोड लागतमा कोहलपुरमा बसपार्क बन्दै
बाँके । बाँकेको कोहलपुरमा ४५ करोड लागतमा नयाँ बसपार्क निर्माण गरिने भएको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा आर्थिक अनियमितता गरेको आरोप खेपिरहेको कोहलपुर नगरपालिकाले बसपार्क निर्माणमा ठुलो रकम खर्च गर्ने तयारी गरेको छ । कोहलपुरमा यसअघि समेत छोटो दुरीको बसहरुका लागि बसपार्क निर्माण भईसकेको छ ।
लामो दुरीका बसहरू राख्नका लागि भन्दै नगरपालिका पुनः बसपार्क निर्मण प्रक्रिया अगाडी बढाएको हो । नगरपालिकाले यसअघि यसका लागि ५३ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो । तर, नगरपालिकमा बजेट अभाव देखिएपछि अहिले केही रकम घटाइएको हो ।
कोहलपुर चौराहदेखी पुर्वतर्फ रहेको नगरविकास समितिको खाली जग्गामा बसपार्क निर्माणका लागि नगरपालिकाले २५ वर्षका लागि लिजमा लिएको खुल्न आएको छ । त्यहाँ बन्ने बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत बिद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर र सपिङ कम्प्लेक्स सुविधा सहितको हुने नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगर विकास समितिका इन्जिनियर नविन तिवारीले बसपार्क र सपिङ्ग कम्प्लेक्सको रुपमा डिजाइन तयार पारिएको जानकारी दिनुभयो । इन्जिनियर तिवारीका अनुसार डिजाईनमा तिन वटा प्लेटफर्म राखिएको छ । जसमा लामो दुरीको लागि, स्थानीय बसहरुका लागि हुनेछन् । यस्तै अटो, इ–रिक्सा, प्राइभेट गाडिहरु पार्किङ्ग गर्न मिल्ने गरी तिन वटा प्लेटफर्म तयार गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्