पाथीभरामा दुई वर्षमा सङ्कलन भएको सुन चाँदी बिक्री गर्ने
ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दुई वर्षको अवधिमा सङ्कलन भएको ६८ तोला सुन र २९ किलो चाँदी बिक्री गरिने भएको छ । पाथीभरामा दुई वर्षको अवधिका ५४ तोला ५७ लाल एक नम्बरी र १४ तोला ६६ लाल सुन दुई नम्बरी सङ्कलन भएको छ ।
पाथीभरामा २०७५ साउन १ गते देखि २०७७ साल साउन मसान्त सम्म सङ्कलन गरिएका सुन, चाँदी बिक्रीको प्रकियामा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी मनमणि काफ्लेले जानकारी दिनुभयो ।
चिताएको मनोकाङ्क्षा पुरा हुने विश्वासले तीर्थयात्रीले भाकल अनुसार दुई तोला सम्म सुन चढाएको पाइएको छ । पाथीभरा दर्शन नौरथ तथा चैते दशैको सिर्जनमा तीर्थयात्री अधिक मात्र आउने गरेका छन् । तर यस वर्ष विश्वमा फैलिएको कोरोना भाइरसका कारणले तीर्थयात्री आउन सकेका छैन ।








प्रतिक्रिया राख्नुहोस्