तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका कानूनमन्त्री होम आइसोलेशनमा

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका सुरक्षा गार्डसहित मन्त्रालयका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुरक्षामा खटिएका दुई जना सुरक्षाकर्मीसहित पाँच जनामा संक्रमण पुष्टि भएपछि मन्त्री भण्डारीको अहिले होम आइसोलेशनमा बस्नु भएको हो ।

प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मन्त्रालयका पाँचजनामा संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण रोकायले जानकारी दिनु भयो । उहाँले दुई जना मन्त्रीका सुरक्षा गार्र्ड, एक जना सवारी चालक, एक जना मन्त्रालयको गेटमा कार्यरत सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगी रहेको बताउनु भयो । कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण पृष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button