तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा झण्डै १२ सय जनाको स्वाब ल्याबमै थन्कियो


सप्तरी । समुदायस्तरमै कोरोना भाईरस फैलिएको सप्तरीमा पीसीआर परीक्षणको दायरा बढनुको साटो घटदै गएको छ ।

राजविराजस्थित गजेन्द्रनाराणय सिंह अस्पतालको पीसीआर ल्याबमा रहेको एक मात्र मेसिन र सिमित जनशक्तिकै कारण परीक्षणको दायरा बढन नसकेको हो ।

स्वास्थ्य कार्यालय सप्तरीले अहिले दैनिक तीन सयदेखि चार सय स्वाब कन्टायक्ट टे«सिंगको आधारमा गरिरहेको छ ।

सोही अनुसार संकलन ११ सय ९७ जनाको स्वाब अझै परिक्षण हुन नसकेको र संकलित स्वाब ल्याबमै थन्किएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाय यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजविराजकै ल्याबले सिरहाको स्वाब पनि जाँच्ने भएकाले समयमा संकलित स्वाब परीक्षण हुन सकेको छैन ।

पीसीआर ल्याबमा जनशक्ति अभाव हुँदा पनि २–३ सिफटमा दैनिक २ सयदेखि ३ सय स्वाब परिक्षण भईरहेको गजेन्द्रनरायण सिंह अस्पतालका निमित्त मेसु डाक्टर रंजित झाले बताउनु भयो ।

यता शंका लागेर वा कन्ट्रायक्ट टे«सिंगमा परेर स्वाब दिएकाहरुको एक सातासम्म पनि नतिजा नआउँदा कतिपयले मानसिक तनाब हुने गरेको गुनासो गरेका छन् ।

यसबाहेक स्वाबको नतिजा पाउन एक साता पर्खिनुपर्ने भएकाले उक्त समयसम्म अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भएपनि त्यसो नहुँदा झन संकमण बढने चिन्ता थपेको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button