तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रादेशिक अस्पतालमा दोस्रो पटक कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया

रुपन्देही । रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा दोस्रो पटक कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरी बच्चा निकालिएको छ ।

अस्पतालका सर्जन डा.विष्णु गौतमको नेतृत्वको टिमले अर्घाखाँची मालारानी गाउँपालिका –५ की २२ वर्षीया सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरेर बच्चा निकालेको हो ।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको र कोरोनामुक्त नहुँदासम्म सुत्केरी आमा र नवजात शिशुको अस्पतालमा उपचार गरिने अस्पतालका प्रवक्तासमेत रहनुभएका डा. गौतमले जानकारी दिनुभयो ।

यसअघि लुम्बिनी प्रादेशिक अस्पतालमा सिद्धार्थनगर नगरपालिकाकी सङ्क्रमित महिलाको पनि सफल शल्यक्रिया भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button