तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगञ्ज । बाँकेमा आज ८८ वर्षीय वृद्धसहित २४ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् । यसमा १७ जना सेना पनि छन् । नेपाली सेनाको कौशिलानगर तालिम केन्द्र आइसोलेसनबाट १७ जना, कृषि तालिम केन्द्र खजुरा आइसोलेसनबाट ५ जना तथा होटल इन्द्रेणी र लायन्स डेण्टल आइसोलेसनबाट १/१ जना कोरोना संक्रमणबाट निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७ सय ८३ पुगेको छ । अब आइसोलेसनमा ३ सय ६ जना छन् । बाँकेमा हालसम्म १ हजार ९५ जनामा कोरोना पुष्टि भएको छ । ६ जनाको भने मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button