तपाईँ सुन्दै हुनुहुन्छः

‘१८ हजार ५ सय जनाको नमुना परीक्षण गर्न सकिने’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरुसँग आजको भर्चुवल बैठकमा मन्त्री ढकालले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउन स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्राविधिक कारणले केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भए पनि कोभिड १९ को असहज अवस्थामा काम गरेका व्यक्तिले भत्ताबाट बिमुख हुन नपर्ने मन्त्री ढकालले बताउनुभयो ।

मन्त्री ढकालले सरकारी प्रयोगशाला हरुले नै दैनिक १८ हजार ५ सय जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएकोले कुनै विशेष कारण बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने बताउनुभयो ।

सामाजिक विकास मन्त्रीहरुले कोभिड १९ व्यवस्थापनका लागि काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button