तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुपमा एकै परिवारका ७ सहित १० जनामा कोरोना संक्रमण

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिकामा आज बुधबार एकै परिवारका सात जनासहित गरी १० जनामा कोरोना संक्रमण भेटिएको छ ।

कञ्चनरुप नगरपालिका वार्ड नम्बर ६ मा सात, वार्ड नम्बर २ का तीन जना गरी १० जनामा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया अधिकृत नारायण प्रसाद राउतले जानकारी दिनुभयो ।

वार्ड नम्बर ६ का ६२, ३६, १३, १२, १०, वर्षीय पुरुष र ६२, ३० वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको उनले उनीहरु सबै जना एकै परिवारको भएको बताउनुभयो । त्यस्तै वार्ड नम्बर २ का २५, २१ वर्षीय पुरुष पनि एकै परिवारका रहेका छन ।

वार्ड नम्बर २ कै ३६ वर्षीय पुरुष उनीहरुकै छिमेकीको कोरोना रिपोर्ट पोजेटिभ आएको बताइएको छ । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले कञ्चनरुपको ६६ जनाको सार्वजनिक गरेको रिपोर्टमा ५६ जनाको नेगेटिभ रहेको छ । तीमध्ये १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै संक्रमितको संख्या १२७ महिला र ६९१ गरी ८१८ पुगेको छ । तीमध्य ७७ महिला र ५२८ पुरुष गरी ६०५ जना निको भएको स्वास्थ्य कार्यालयका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button