तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध सल्ली चौरजहारी सडक दुई हप्तापछि खुल्यो 

सल्यान । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध सल्ली चौरजहारी सडक दुई हप्ता पछि सञ्चालनमा आएको छ ।

भदौ २ गते राती आएको बाढी र पहिरोले सल्ली चौरजहारी सडकखण्डको विभिन्न ठाउँमा बाढी पहिरोले सडक अवरुद्ध भएको थियो ।

बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिका संयुक्त रुपमा आ आफ्नो सिमा क्षेत्रमा पर्ने सडकको पहिरोहरु हटाए पछि बुधबार देखि सडक सञ्लनमा आएको छ ।

बाढी पहिरोले बगाएको स्थानमा स्काभेटर र जेसिबि लगाएर हटाए पछि सडक सञ्चालनमा आएको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले जानकारी दिइन ।

विगतमा सडक डिभिजन कार्यालय दाङले हेर्दै आएकोमा अहिले कुन निकायले सडक मर्मत गर्ने भन्ने निश्चित नहुँदा सडक जरजर बन्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button