कोरोना संक्रमणबाट आमाको मृत्यु भएको ५ दिनमा छोराको मृत्यु
भक्तपुर । ललितपुरको पाटन अस्पतालमा एक जना भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाटन अस्पतालका निर्देशक डा रवि शाक्यका अनुसार गएराति मध्यपुर थिमि नगरपालिका–७, नगदेशका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।
मथिनपाका वडानम्बर ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले पाँच दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि कोरोनाकै कारण पाटन अस्पतालमै मृत्यु भएको बताउनुभयो ।
१५ दिनअघि नै उनमा कोरोना संक्रमण देखिएको थियो । लगत्तै उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो भने त्यसपछि आमालाई संक्रमण देखिएको थियो।
अध्यक्ष प्रजापतिका अनुसार मृतकको परिवारका अन्य ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु हाल होम आइसोलेशनमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्