आँबुखैरेनी गाउँपालिकाले आफ्नै १२ बेडको आइसोलेसन बनाउने
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रै आइसोलेसन बनाउने भएको छ ।
बुधबार आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित रहेको शिवमन्दिर संरक्षण समिति, मनकामना चोक टोल सुधार समिति, स्थानीय समाजसेवी तथा सरोकारवालाहरुको संयुक्त बैठक बसेको थियो ।
उक्त बैठकबाट शिवालय मन्दिर नजिक रहेको भवनमा १२ बेडको आईसोलेसन कक्ष निर्माण गर्ने निर्णय भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनुभयो ।
गाउँपालिकामा हालसम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ जना निको भएर घर फर्किएका छन् ।
यस्तै, गाउँपालिकाको कोभिड(१९ राहत कोषमा १ करोड ३० लाख रुपैयाँ बजेट रहेको र सोही बजेटबाट आइसोलेसन कक्ष तथा व्यवस्थित क्वारेन्टिन तयार गरिने गाउँपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्