सुनसरीमा बुधबार ६७ जनामा कोरोना संक्रमण
सुनसरी । सुनसरीमा आज बुधबार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको थियो । आज बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
७ जना महिला र ६० जना पुरुष गरी जम्मा आज ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले बताइन ।
आज संक्रमित हुनेहरूमा इटहरी उपमहानगरका ५८ जना, धरानका ७ जना, भोक्राहाका १ जना, इनरुवाका १ जना गरी जम्मा ६७ जनामा कोरोना संक्रमण भएको हो ।
यो सँगै सुनसरीमा कोरोना संक्रमितको कुल संख्या ८ सय ३० पुगेको छ भने ३ सय ८५ जना कोरोना मुक्त भएका छन् । सक्रिय संक्रमित ४ सय ३० जना रहेका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्