खोलाले बगाएर बागलुङमा बालिका बेपत्ता

बागलुङ । बाग्लुङ्गको निसिमा भल्कोट खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । निसीखोला गाउँपालिका वडा नं. ६ का ‘रासे’ भनिने राजीव बुढाकी ७ बर्सिया छोरी सञ्जिला बुढा मगर मङ्गलवार साझदेखी बेपत्ता भएकी हुन् ।
घरदेखि २० मिटरको दुरीमा रहेको खोलामा साँझ ५ बजे निस्किएकी बालिकालाई एक्कासि बढेको खोलाको बहावले हुत्त्याएको इलाका प्रहरी चौकी निसीका प्रहरी नायब निरीक्षक लालमणि भट्टराईले जानकारी दिनुभयो ।
घटनाबारे प्रहरीलाई बुधवार बिहान ९ बजे मात्र जानकारी प्राप्त भएको थियो । स्थानीयले खबर गरेपछि प्रहरी, स्थानीयवासी मिलेर बालिकाको खोजी कार्य जारी राखेको प्रहरी नायब निरीक्षक भट्टराईको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्