दुर्गममा पनि फोरजी सञ्चालनको तयारी, आठ स्थानमा टावर निर्माण

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनका लागि आठ स्थानमा टावर निर्माण गरिएको छ ।
जिल्लामा टेलिकमको सेवामा गुणस्तर नभएको, कतिपय ठाउँमा फोन नलाग्ने र नागरिक सञ्चार सेवाबाट बञ्चित हुनु परेको अवस्थामा गत वर्षदेखि थालिएको टावर निर्माणको काम सकिएको नेपाल टेलिकम शाखा कार्यालय सोलुखुम्बुले जनाएको छ ।
जुबुको बलङ्गा, टाक्सिन्दु, चोरीखर्कको नाचिपाङ, लिखुपिकेको सेप्ताङ, गोराखानी, सल्यानको थामडाँडा र बासाको ठुलढुङ्गामा फोर लेग टावर निर्माण गरिएको टेलिकम सल्लेरीका प्राविधिक उत्सव चौधरीले जानकारी दिनुभयो ।
टावर निर्माण सकिएको भएपनि सेवा सञ्चालनका लागि थप उपकरण जडानका गर्न इन्जिनियर अभावमा काम अघि बढ्न नसकेको प्राविधिक चौधरीको भनाइ छ । हाल जिल्लाको पत्ताले र सल्लेरीबाट फोरजी सेवा सञ्चालनमा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्