पर्यटन पूर्वाधार विकासमा भीमदत्त नगरपालिकाको जोड

कञ्चनपुर । भीमदत्त नगरपालिकाले कोरोना कहरकै बिचमा पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्ने भएको छ । यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटन दिवस मनाउने लगायतका गतिविधिहरू गर्ने तयारी गरेको हो । कोरोनाका बिच सचेतना अपनाउँदै, भौतिक दूरी कायम गरी कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
नगर पर्यटन विकास समितिको बैठकले पर्यटन पूर्वाधार विकास अन्तरगत पर्यटकीय क्षेत्रको गुरुयोजना बनाउने, विगतमा निर्माण भएका गुरुयोजना र डिपिआरको कार्यान्वयन गर्ने, अनलाइन निबन्ध प्रतियोगिता गरेर असोज १ मा पर्यटन दिवस मनाउने लगायतका निर्णय गरेको समितिका सदस्य लक्ष्मण तिवारीले बताउनु भएको छ ।
‘पर्यटकीय क्षेत्रका प्रचार प्रसारका लागि अंग्रेजी भाषामा पुस्तक प्रकाशन गर्ने, साझेदारीमा पर्यटन विकासका अन्य कार्यक्रमहरू गर्ने र पर्यटकीय क्षेत्रमा सचेतना सहितका होर्डिङ बोर्डहरू राख्ने निर्णय समेत भएको छ,’ पत्रकार महासङ्घका पूर्व अध्यक्ष समेत रहेका तिवारीले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्