सहकारीमा आगो लगाउन खोज्ने पक्राउ

भद्रपुर, झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित कालिका बहुउद्देश्यीय सहकारी संस्थामा आगजनीको प्रयास गर्ने अर्जुनधारा–९ का देवी पौडेललाई प्रहरी पक्राउ गरेको छ ।
मङ्गलवार उक्त सहकारी संस्थाले युरिया मल बाँड्ने कार्यक्रम थियो । मल नपाएको झोँक देखाउँदै उत्तेजित भएका पौडेलले संस्थाको व्यवस्थापकको कोठामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरेका थिए । पेट्रोल छर्केर आगो लगाउँदै गर्दा पौडेललाई शनिश्चरे प्रहरी चौकीबाट खटिएका प्रहरीले पक्राउ गरेका थिए ।
अध्यक्ष कर्णबहादुर तामाङका अनुसार संस्थामा ५० केजी तौलको ४० बोरा मल आएको थियो । मल माग्न आएका सबै किसानलाई नपुग्ने भएपछि संस्थाले एक साता अघि नाम टिपाएका किसानलाई मात्र १० केजीका दरले मल बाँडेको थियो ।








प्रतिक्रिया राख्नुहोस्