तपाईँ सुन्दै हुनुहुन्छः

‘जोखिम भत्ता’ नपाएपछि मेची अस्पतालका डाक्टर–नर्स आन्दोलित


भद्रपुर, झापा । कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भनिए पनि हालसम्म नपाएपछि झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालका चिकित्सक–स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

पहिलो चरणको विरोधस्वरुप चिकित्सक–स्वास्थ्यकर्मीले मङ्गलवार देखी हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् ।

भदौ २३ गतेसम्म हातमा कालो पट्टी बाँधेर काम गर्ने र माग सुनवाइ नभए २४ गतेदेखि ओपिडी सेवा बन्द गर्ने कार्यक्रम रहेको अस्पतालका मेडिकल अफिसर डा. लेनिस पोखरेलले बताउनु भयो ।

डा. पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदन समेत दिइएको बताउँदै मेची अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले पाँच महिनादेखि भत्ता नपाएको गुनासो गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब प्रदेश नम्बर १ को सामाजिक मन्त्रालयमा पठाइ सकिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button