बारा र पर्साका थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । नारायणी अस्पताल बीरगंजको प्रयोगशालामा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा बारा र पर्साका थप ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित हुने मध्ये १४ जना पर्साका र ५० जना बाराका रहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसीयाले जानकारी दिनुभयो ।
सङ्क्रमितको कन्ट्रयाक टे«सिङ्गको आधारमा चार सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ महिलासहित ५ वर्षदेखि ७० वर्ष उमेर–समूहका ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा.चौरसियाले जानकारी दिनुभयो ।
थप सङ्क्रमित हुनेमा पर्साको बहुदरमाई नगरपालिकाका आठ जना रहेका छन् । जसमध्ये बहुदरमाई नगरपालिका वडा नम्बर ४ का पाँच जना, वडा नम्बर ६ का दुई जना र वडा नं ५ का एक जनामा संक्रमण देखिएको चौरसीयाले बताउनुभयो ।
त्यसै गरी पर्सामा अन्य सङ्क्रमित हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ बिर्ताका दुई जना, मुर्लीका एक जना र वडा नम्बर १८ का एक जनामा कोरोना सङ्क्रमण देखिएको प्रवक्ता डा.चौरसीयाले बताउनुभयो ।
यसै गरी बारामा थप ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेहरूमा कलैया उपमहानगरपालिकाका मात्रै ४५ जना रहेका छन् ।
कलैया उपमहानगरपालिका वडा नम्बर १ मा पाँच जना, वडा नम्बर ७ मा पाँच जना, वडा नम्बर २३ मा तीन जना, वडा नम्बर २ मा छ जना, वडा नम्बर ४ मा छ जना, वडा नम्बर ६ मा एक जना, वडा नम्बर ९ मा एक जना, वडा नम्बर २० मा चार जना, वडा नम्बर ८ मा एक जना, वडा नम्बर ५ मा सात जना, वडा नम्बर ३ मा एक जना, र वडा २१ मा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसीयाले बताउनुभयो ।
बाराका अन्य थप पाँच जना सङ्क्रमितको भने ठेगाना नखुलेको समेत डा.चौरसीयाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्