तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा कोरोना सङ्क्रमित बाराका ९७ बर्षीय वृद्धको मृत्यु

बीरगंज । नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा उपचार गराइरहेका बाराका ९७ वर्षीय सङ्क्रमित वृद्ध पुरुषको आज बिहान उपचारको क्रममा निधन भएको छ ।

बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ निवासी ९७ वर्षीय पुरुषको आज बिहान १ः०० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसीयाले जानकारी दिनुभयो ।

पुरानो मुटु रोग र उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोगबाट ग्रसित वृद्धको शरीरमा सोडियमको मात्रा अत्यन्तै कम रहेको र उपचारको क्रममा बिहान एक बजे गण्डक अस्पतालको आइसियुमा मृत्यु भएको डाक्टर चौरसीयाले बताउनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि वृद्धका आफन्तले गत भदौ १२ गते ती उनलाई बीरगंजको तराई अस्पतालमा उपचारकालागी भर्ना गरिएकोमा भदौ १४ गते वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि तराई अस्पतालबाट रेफर गरी बीरगंजको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button