गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्वत । गण्डकी प्रदेशमा आज ४ जिल्लाका थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार तनहुँको शुक्ला गण्डकी नगरपालिका–१ की २६ वर्षीया एक महिला, कास्कीस्थित पोखरा महानगरपालिका – १७ मा कार्यरत २१ देखि ४२ वर्ष उमेर समूहका २० जना पुरुष, वडा नं. १४ का ३० र ५७ वर्ष उमेरका दुई जना महिला, वडा नं. १३ का २७ वर्ष उमेरका पुरुष र पोखराको अमरसिंह चोकमा बस्ने तनहुँको व्यास ६ का २४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै लमजुङको सुन्दर बजार नगरपालिका–९ का ४८ वर्षीय पुरुष तथा ४५ र ४९ वर्ष उमेरका २ जना महिला एवम् वडा नं. २ का ५० वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।
त्यसै गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–४ का ३५ र ४१ वर्ष उमेरका दुई जना महिला, ५४ र ४१ वर्ष उमेरका दुई जना पुरुष र वडा नं. ३ की ५८ वर्षीया महिलामा पनि संक्रमण रहेको पुष्टि भएको छ । गैँडाकोट नगरपालिका ९ की ४० वर्षीया महिला र देवचुली नगरपालिका १६ का ७६ वर्षीय पुरुषमा पनि संक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।
तनहुँको शुक्लागण्डकी–१ की सङ्क्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।
त्यस्तै पोखरा महानगरपालिका–१७ मा सङ्क्रमित भएका २० जना नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । लमजुङको सुन्दर बजार–२ का ५० वर्षीय पुरुष ओमानबाट आएका व्यक्ति हुन् ।
यस्तै, लमजुङको सुन्दर बजार–९ की ४९ वर्षीया महिला किराना पसल सञ्चालन गर्दै आउनुभएको थियो । अन्य सबै व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका सङ्क्रमित रहेको डा. शर्माले जानकारी दिनुभयो ।
अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२४६ पुगेको छ ।









प्रतिक्रिया राख्नुहोस्