तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

रुपन्देही । रुपन्देहीमा मङ्गलवार राती र बुधवार बिहान गरी दुई जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डाक्टर विष्णु गौतमले कपिलवस्तुको कपिलवस्तु नगरपालिका ११ की ६० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।

भाद्र ७ गते कोरोना पोजेटिभ देखिएको ती महिलालाई बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको थियो । महिलाको आज बिहान ९ बजेर १५ मिनेटमा ज्यान गएको अस्पतालले जनाएको छ ।

त्यस्तै गरी  गए राती रुपन्देहीमा एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भई भैरहवा भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी ती महिलामा उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो ।

भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासी पश्चिम रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको मङ्गलवार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताउनुभयो । उनमा १४ गते संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button