तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा चट्याङ लागेर एकको मृत्यु, ६ घाइते

बागलुङ । बागलुङको वडिगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ दहका ५० वर्षीय अशोक बुढाको मङ्गलवार साँझ चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर सोही ठाउँका अन्य छ जना घाइते भएको वडाध्यक्ष विरेन्द्र बुढा मगरले जानकारी दिनुभयो ।

चट्याङले स्थानीय किसानले पालेका दुई बाख्रा पनि मरेका छन् ।
वर्षा भइरहेको र पहिरोका कारण सडक सञ्जाल टुटेकाले घाइतेको उपचारमा समस्या भइरहेको वडाध्यक्ष बुढाले बताउनुभयो ।

मृतकको शव पोस्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लैजाने तयारी भइरहेको उहाँको भनाई छ ।

मङ्गलवार रातीदेखि परेको वर्षा र चट्याङका कारण जिल्लाभर भइरहेको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button