तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका एक लाख बढी श्रमिकको रोजगारी गुम्यो

जुम्ला । कोरोना भाईरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ६ महिनादेखि जारी लकडाउनले कर्णालीका एक लाख बढी श्रमिकको रोजगारी गुमेको छ ।

कर्णालीका विभिन्न ४२ हजार प्रतिष्ठानमा रोजगारी पाएका १ लाख १८ हजार ९ सय ५१ जना श्रमिकको रोजगारी गुमेको तथ्यांक कार्यालय जुम्लाले जनाएको छ । जसमा पुरुष ६० प्रतिशत रहेका छन् भने, महिला ४० प्रतिशत रहेका छन् ।

लकडाउनले गर्दा कृषि, पर्यटन, होटल व्यवसाय, खानीजन्य उद्योग, जलविद्युत परियोजना देखि लिएर साना उद्योग कलकारखाना सबै बन्द भएपछि १ लाख श्रमिक विगत ६ महिनादेखि रोजगार बिहिन भएको जुम्लाका तथ्यांक अधिकृत शंकर भट्ले बताउनु भयो ।

उहाँले कर्णालीका १० वटै जिल्लाका गरी ४२ हजार ८ सय ७ वटा आर्थिक प्रतिष्ठानमा कार्यरत एक लाख बढी श्रमिकले रोजगार गुमाएका हुन् । जारी लकडाउन र कोरोनाको त्रासले गर्दा कर्णालीमा औद्योगिक गणना पनि हुन सकेको छैन् ।

लकडाउनले गर्दा रोजगारी गुमाउने सबैभन्दा बढी कामदार प्रदेश राजधानी सुर्खेतका रहेका छन् । भने सबैभन्दा कम हुम्ला जिल्लाका रहेका छन् ।

उद्योगी रामकृष्ण चौलागाँईले उद्योग खोलेर श्रमिकलाई रोजगारी सकिने तर त्यसका लागि सरकारले ठोस निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button