डाउन पिलुवा खोला जलविद्युत आयोजनाका लागि लगानी जुट्यो
संखुवासभा । संखुवासभामा बन्न लागेको साँढे नौ मेगावाट क्षमताको डाउन पिलुवा खोला जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ ।
सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले सहवित्तीयकरणमार्फत परियोजनामा एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
परियोजनाको अनुमानित लागत करीब एक अर्ब ८९ करोड ४० लाख रुपैयाँ छ । बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्न लागेका हुन् ।
यसमध्ये, सिटिजन्स बैंकले ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड र प्रभु बैंकले २५ करोड रुपैयाँ लगानी गर्न लागेका हुन । ३० प्रतिशत रकम भने प्रवर्द्धकबाट जुटाइने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीले आयोजना साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुर बानेश्वरस्थित सबस्टेशनमा जोडिने छ ।








प्रतिक्रिया राख्नुहोस्