कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो
काठमाडौं । आज काठमाडौ उपत्यका भित्र ४ सय ८१ जना सहित थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १२ हजार ८८ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा ३ सय ४४ जना महिला र ७ सय २५ जना पुरूषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौका ३ सय ९३, ललितपुरका ५८ र भक्तपुरका ३० जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी आज रुपन्देहीका ९१, सुनसरीका ५६, चितवनका ४५, बझाङ्का ४०, बाँकेका ३३, लम्जुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपरासी पूर्वका १५, झापका १४, अछाम, दाङ र गुल्मीका १३–१३, बैतडी र मोरङका १२–१२, दोलखा, धादिङ र बाराका ११–११, अर्घाखाँचीका ९, गोर्खा र काभ्रेका ८–८ तथा बर्दिया र कपिलवस्तुका ७–७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सिन्धुली र मकवानपुरका ६–६, रौतहट र तनहुँका ५–५, नवलपरासी पश्चिम, कास्की र कञ्चनपुरका ४–४, खोटाङ, ओखलढुंगा, पर्सा, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २–२ जना तथा उदयपुर, पाँचथर, धनुषा, सप्तरी, रसुवा, सिन्धुपाल्चोक, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
आज देश भरमा गरी १८ हजार १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरू मध्ये १० हजार ८ सय ३२ जना संस्थागत आइसोलेसनमा र ७ हजार २ सय ८९ जना होम आइसोलसनमा रहेको मन्त्रालयले जनाएको छ ।
सक्रिय संक्रमितहरूमध्ये कडा लक्षण देखिएका १ सय २७ जनाको आईसियु र १७ जनाको भेन्टीलेटरमा उपचार भईरहेको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
यसैगरी आज थप ७ सय ६८ जना संक्रमण मुक्त भएसंगै हाल सम्म २२ हजार १ सय ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल सम्म ५५ प्रतिशत संक्रमित निको भएकोे मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ११ जनाको मृत्यु भएपछि कोरोना संक्रमण पछि मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
आज पर्साका ३ जना पुरूष, महोत्तरीको एक ४ वर्षिया बालिका र १ जना पुरुष, काठमाडौका २ जना पुरुष तथा सिराहा, बारा, चितवन र मकवानपुरका १–१ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्