कालो बजारी गरेको आरोपमा दुई व्यवसायी पक्राउ
सप्तरी । सप्तरीमा कृषि मलको अभावमा किसान समस्यामा परेको बेला मलको कालोबजारी गर्ने र कृतिम अभाव सृजना गरेको आरोपमा दुई व्यवसायी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका १ फत्तेपुर स्थित राधेकृष्ण खाद्यान्न पसलका संचालक राधेकृष्ण गुप्ता तथा आरती कृषि सहकारी संस्था लि. मलखाद विक्रि डिपोका संचालक फुजुङ्ग साह छन् ।
मलको कृत्रिम अभाव सृजना गरी दोब्बर मुल्यमा बिक्रि गरिरहेको किसानको गुनासो आएपछि प्रहरी चौकी फत्तेपुरका असई गंगाराम चौधरीको नेतृत्वमा मंगलबार दिउँसो पुगेको प्रहरी टोलीले उक्त दुबैको पसल र गोदाममा छापा मारि संचालक गुप्ता र साहलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको पसल र गोदामबाट २८ बोरा युरिया र ६ बोरा डिपिए मल समेत प्रहरीले बरामद गरि नियन्त्रणमा लिएको छ । असई चौधरीले मलको कृतिम अभाव सृजना गर्नुका साथै किसानसंग दोब्बर मुल्यमा मलखाद बिक्रि बितरण गरिरहेको गुनासो आएपछि छापा मारि दुबै जना संचालकलाई नियन्त्रणमा लिएको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्