बाणिज्य बैकले भेटायो नक्कली नोट
मुगु । मुगुको एक बाणिज्य बैकमा कारोवार गर्न आएका सेवाग्राहीबाट बैकले नक्कली हजारको नोट फेला पारेको छ ।
मंगलबार छायाँनाथ रारा नगरपालिका वडा नं १३ का सुरथ बहादुर रावतले आफनो खातामा जम्मा गर्न ल्याएको १००० को नोट माथी शंका लागेपछि राष्ट्रिय बाणिज्य बैक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको नगद सहायक सरोज न्यौपाने जानकारी गराउनु भयो ।
१००० को एउटा मात्र नोट जम्मा गर्न आएका रावतले जम्मा गरिसकेर घर फर्किसकेपछि अन्यनोट भन्दा फरक लागेपछि नोट चेक गर्दा नक्कली भेटिएको बताईएको छ ।
भेटिएको नोटमा सक्कली नोट भन्दा तौल कम भएको, रंग फिंंक्का देखिएको, हातमा नोट मुठ्ठी पार्दा कागज जस्तै डल्लो पर्ने गरेको, पानी छापमा रहेको लालीगुराँस नभएको, नोटको विचमा रहेको सिल्भर चम्किलो रेखान भएको पाईएको पनिनगद सहायक न्यौपानेले बताउनु भयो ।
छायाँनाथ रारा नगरपालिका वडा नं १३ भटटेचौर पुलमा रहेको होटेलमा सोमबार खसी काटेको र मासु लिन आउने ग्राहकमध्य कसैले उक्त नोट दिएको रहेछ मंगलबार होटेलमा आएका सबैले उक्त नोट नक्कली भएको भनेपछि आफुले बैकलाई बुझाएको मंगलबार ल्याएको नोट धनी सुरथ बहादुर रावतले बताउनु भयो ।
बैकमा नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयका साथै नेपाल राष्ट बैकलाई समेत जानकारी गराएको बैकले बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्