तपाईँ सुन्दै हुनुहुन्छः

२१ नेपाली सेना सहित ३१ जनामा कोरोना पुष्टी

डोटी । डोटीमा २१ जना नेपाली सेना सहित ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्ला अस्पताल डोटीमा रहेको पिसिआर प्रयोगशालामा मंगलबार ७७ जनामा गरीएको कोरोना परीक्षणमा ३१ जनाको नतिजा पोजेटिभ आएको र ४६ जनाको नतिजा नेगेटिभ आएको अस्पताल श्रोतले जनाएको छ ।

संक्रमित हुनेहरुमा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ को सुल्लेखमा रहेको सुदूरपश्चिम पृथना मातहतको गुरुदल गुल्मका २१ जना, शिखर नगरपालिका १ का २ जना पुरुष र के.आई.सिंह गाउँपालिकाका १ का १ जना पुरुष गरी २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यस्तै अछामको बान्नीगढी जयगढ १ का १ जना पुरुष, वडा नं. ३ का २ जना पुरुष र रामारोशनका २ महिला र २ पुरुष सहित कूल ७ जनामा संक्रमण देखिएको अस्पतालका मोलेकुलर ल्याव इञ्चार्ज शौरभ श्रेष्ठद्वारा जारी विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।

संक्रमण देखिएका २१ जना सैनिक रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले बताए । तर गुरुदल गुल्म छेउमै रहेको श्री नं. ५ बाहिनी अड्डा राजपुरले आधिकारिक आफुहरुलाई जानकारी आईनसकेको भन्दै खुलाउन मानेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button