तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती प्रादेशिक अस्पतालमा भोलीदेखि ओपिडी सेवा सुरु हुने

ओपेन्द्र बस्नेत, तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले भोली (बुधबार) बाट ओपिडी (बहिरंग) सेवा सुरु गर्ने भएको छ ।

अस्पतालमा कार्यरत २ जना चिकित्सक सहित ९ जनामा कारोना संक्रमण पुष्टि भएपछि १३ गतेदेखि अस्पताल सिल गरेर सबै सेवा बन्द गरेको अस्पतालले सोमबार बेलुकी पाँच बजेदेखि आपतकालिन र प्रसुती सेवा सुरु गरेको थियो । अस्पतालले ४ दिन पछि ओपिडी सेवा सुरु गरेको हो ।

मंगलबारसम्म अस्पतालमा कार्यरत चिकित्सक सहित ११ जनामा कोरोना पुष्टि भएपनि उनिहरुलाई आइसोलेसनमा राख्ने कामदेखि अस्पतालमा सेनिटाईजर छिट्ने र अन्य सबै कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ओपिडी सेवा सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा. पदमराज अधिकारीले जानकारी दिनुभयो ।

ओपिडी सुरु भएसंगै अघिपछिको जस्तै सामान्य बिरामीले पनि अस्पतालमा पुगेर उपचार सेवा र परामर्श लिन सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button