तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोरोना संक्रमितको संख्या नौ सय नाघ्यो

अछाम । अछाममा कोरोना संक्रमितको संख्या नौ सय नाघेको छ । मंगलबार जिल्लामा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितको संख्या नौ सय ३ जना पुगेको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

७ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको सुचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार थप भएका १० जना संक्रमित मध्ये एक महिला र २ पुरुष गरी ३ जना पञ्चदेवल बिनायक नगरपालिकाका हुन् भने २ महिला र २ पुरुष गरी ४ जना रामारोशन गाँउपालिका तथा ३ जना पुरुष बान्नीगढी जयगढ गाँउपालिकाका रहेका छन् । आज संक्रमण पुष्टि भएका व्यक्तिहरु १० बर्षिय बालिका देखि ५३ बर्षिय पुरुष सम्म रहेका छन् ।

कुल संक्रमितको संख्या भने नौ सय तीन मध्ये आठ सय पाँच जना निको भई घर फर्किसकेका स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button