पाल्पामा सुख्खा पहिरो जाँदा एक बेपत्ता
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको ३ पीपलडाँडाको शीखरडाँडामा पहिरो जाँदा एक युवा बेपत्ता भएका छन् ।
पहिरोमा परि स्थानीय अन्दाजी ३४ वर्षका राजु थापा बेपत्ता भएको आशंका गरिएको रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले बताए ।
सोमबार दिउँसो पहिरो नखस्दासम्म दाउरा बोकिरहेका राजु थापा अहिलेसम्म सम्पर्कमा नरहेको प्रवक्ता रेग्मीले बताए । सोमबार दिउँसो ३ः१५ बजे सुख्खा पहिरो खस्दा उनी बेपत्ता भएको बताइएको छ ।
पहिरोग्रस्त क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले खोजी कार्य जारी राखेको रम्भा गाउँपालिकाले जनाएको छ । पहिरो गएको स्थानमा डोजर जान नसक्दा खोजी कार्यमा समस्या भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्