तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा चार सय ८१ जना सहित १०६९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । उपत्यकामा आज थप चार सय ८१ जना सहित आज थप देशभर एक हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप चार सय ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

उपत्यकामा सङ्क्रमित हुनेहरूमा काठमाडौँमा तीन सय ९३ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ३० जना गरी आज उपत्यकामा चार सय ८१ जना सहित देश भरी एक हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

आज सम्म देशभरी जम्मा कोरोना सङ्क्रमितको सख्या ४० हजार पाँच सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button