बाँकेमा २४ जना कोरोना संक्रमित थपिए

नेपालगञ्ज । बाँकेमा आज २४ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परिक्षणमा जिल्ला प्रहरी कार्यालय बाँकेका ९ जना प्रहरी, नविल बैंक, एनआइसी एसिया बैंक, माछापुच्छ्रे बैंक र आन्तरिक राजश्व कार्यालयका एक एक जना कर्मचारीमा पनि भाइरस देखिएको छ ।
त्यस्तै नेपालगञ्ज ठेगाना भएका ८ जना तथा जानकी र खजुराका १र१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यसमा भेरी अस्पतालका एक जना बिशेषज्ञ चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मी र एक जना पत्रकार पनि छन् ।
यो सँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ६७ पुगेको छ । भेरीमै गरिएको परिक्षणमा बर्दियाका ४ र दाङका ५ जनामा समेत संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८१ वटा नमुना परिक्षण गर्दा ३३ जनामा भाइरस संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्