बाराका कोरोना संक्रमितको बीरगंजमा उपचारको क्रममा मृत्यु

बीरगंज । वीरगञ्जमा उपचारको क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुषको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा आज बिहान उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश कुमार चौरसीयाले बताउनुभयो ।
बाराका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते अस्थायी कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको डाक्टर चौरसियाले बताउनुभयो ।
‘शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएको कारण उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा समेत बचाउन नसकिएको डाक्टर चौरसीयाले बताउनुभयो । यसअघि आजै बीरगंजमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्