तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीमा होम आईसोलेसनमा बसेका ४ बर्षीय बालिका सहित कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ ।

यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० जना पुगेको स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिनुभयो ।

संक्रमणबाट मनारासिस्वा नगरपालिका १ बस्ने ४ बर्षीय बालिकाको होम आईुसोलेसनमा र जलेश्वर नगरपालिका २ बस्ने ६२ बर्षीय महिलाको मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button