सप्तरीमा चौथो पटक निषेधाज्ञा थपियो
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराजले निषेधाज्ञाको समय एक साताका लागी थप गरेको छ ।
जारी गरिएको निषेधाज्ञा समय सोमवार राति १२ बजे पछि सकिदै छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराजले पहिलो पटक गत साउन ८ गते रातिबाट निषेधाज्ञा जारी गरेको थियो ।
पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएको मा साउन २३ गतेदेखि जिल्ला भर नै जारी गरिएको थियो । त्यसपछि तेश्रो चरणमा २ भदौदेखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो ।
पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएपछि चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकमा तीन घण्टा लामो छलफल पश्चात निषेधाज्ञाको म्याद थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्