सिरहामा १२ दिनका लागि निषेधाज्ञा थपियो
लहान । सिरहामा आज देखि १२ दिनका लागि फेरी पनि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले भदौ २७ गते १२ बजे राती सम्मका लागी जिल्लाको सम्पुर्ण स्थानीय तहलाई निषेधाज्ञा जारी राख्न आदेश गरेको हो ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै गाईरहेको र अहिले सम्म जिल्लामा ७ जना कोरोना संक्रमित पुष्टि भएकाको मृत्यु समेत भएकोले निषेधाज्ञाको अबधि थप पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो ।
सो अवधिमा सार्वजनिक भेला हुने खालका कार्यक्रमहरु गर्न नगराउनका साथै सार्वजनिक सवारी साधन समेत नचलाउन अनुरोध गरिएको छ । सामाजिक दुरी कायम गरी उपभोक्तालाई अति आव्शयक सामग्री खरीद गर्न का लागि समय सीमा निर्धारण गरिएको कार्यालयले जनाएको छ ।
यस अघि साउन ३२ गते देखि भदौ १५ गतेका लागि लकडाउन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्