तपाईँ सुन्दै हुनुहुन्छः

लिदी पहिरोमा बेपत्तामध्ये थप तीनको शव भेटियो

सिन्धुपाल्चोक । साउन ३० गते विहान जुगल–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ । यसअघि ३३ जनाको शव भेटिएको थियो ।

३९ जना पुर्ने गरी बस्तीमाथिबाट आएको पहिरोमा अझै तीन बेपत्ता छन् ।

दुई पुरुष र एक महिलाको आज शव फेला परेको डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यससँगै पहिरामा ज्यान गुमाउने ३६ जना पुगेका छन् । पहिरामा हराइरहेकाको खोजीमा नेपाली सेना र नेपाल प्रहरी र स्थानीयबासी जुटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button