बारामा गाडीसहित १६५ किलो गाँजा बरामद
बारा । बारामा गाडी सहित १ सय ६५ किलो गाँजा बरामद भएको छ ।
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ९ को श्रीपुर गाउँ नजिकबाट गाँजा बरामद सोमबार बिहान करिब ९ बजेको क्रममा प्रदेश नं. ३–०१–२ च ८१३४ नम्बरको ४ चक्के गाडीमा १६५ किलो गाँजा सहित पक्राउ परेको हो ।
सशस्त्र प्रहरी बेसक्याम्प कोल्हवीबाट खटिएको टोलीले विशेष सुचनाको आधारमा उक्त गाँजा पक्राउ गरिएको बेश क्याम्पका प्रमुख शुकवहादुर राणाभाटले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्