झापाको कन्काई नगरपालिकामा अनिश्चिकालीन लकडाउन
झापा । झापाको कन्काई नगरपालिकाका आठ जना स्थानीयमा एकै पटक कोरोना पुष्टि भएपछि नगरपालिकाले अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले निषेधाज्ञा जारी गर्नसमेत जिल्ला पशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिनु भयो । उहाँले लकडाउनका समयमा अत्यावश्यक सेवाबाहेकका क्रियाकलाप गर्न नपाइने बताउनु भयो ।
आइतबार कन्काई नगरपालिका वडा नं ३, ७ र १ का दुई महिला र ६ पुरुष गरी आठ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्