तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरी जिल्लामा हेल्थ असिष्टेन्टको कोरोनाले मृत्यु

जनकपुरधाम । नेपालमा कोरोनाका कारणले पहिलो पटक एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

मृत्यु हुने स्वास्थ्यकर्मीमा महोत्तरी जिल्लाको मनरा सिसवा नगरपालिका वडा नं ४ का वर्ष ४० को हेल्थ असिष्टेन्ट रहेका प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतक सरकारी निकायमा कार्यरत नभएपनि गाउँमा नै औषधि पसल तथा क्लिनिक सञ्चालन गरेर सर्वसाधारणको उपचारमा सक्रिय रहनु भएको थियो ।

उक्त क्षेत्रमा निक्कै लोकप्रिय स्वास्थ्यकर्मी भएका कारणले घर घरमा पुगेर उपचार गर्दै आउनु भएको थियो । गत भदौ ७ गते रुघा, खोकी तथा ज्वरो आएपछि पनि होम आईसोलेशनमा बसेर आफै उपचारमा रहेपनि स्वास्थ्य अवस्था विग्रेपछि उपचारका लागि काठमाडौ लगिरहेको बेलामा काभ्रेको भकुण्डेवेसीमा निधन भएको थियो ।

काठमाडौको लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरमा स्वावको परीक्षण गर्दा उहाँमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यसै बीच प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक एवं प्रवक्ता विजय कुमार झाले नीजि क्षेत्रवाट जनताको स्वास्थ्यको सुरक्षाका लागि खटिराख्नु भएको स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि गर्नु भएको छ । मृतक मधुमेह तथा पत्थरी रोगले पनि पीडित रहनु भएको थियो ।

योसँगै महोत्तरी जिल्लामा कोरोना संक्रमणले ९ जनाको मृत्यु भएको छ भने प्रदेशमा मृत्यु हुनेका संख्या ८८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button