तपाईँ सुन्दै हुनुहुन्छः

९ महिने बालिका सहित थप पाँच जनामा कोरोना संक्रमण

अछाम । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा अछाममा आईतबार नौ महिने बालिका सहित थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अछाम जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर १ का नौ महिने बालिका सहित पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

अछामको मंगलसैन नगरपालिका वडा नम्बर १ का ३ जना, मंगलसैनकै वडा नम्बर ४ र ८ का एक एक जनामा कोरोना पुष्टि भएको हो ।

डोटी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सुदूरपश्चिमका थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज सौरभ श्रेष्ठले बताउनुभयो । ५ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएकोमा डोटीको आर्दश गाउँपालिका वडा नम्बर ३ का २ जना, र अछामका ५ जना रहेका छन् ।

यो संगै अछाममा कोरोना संक्रमितको संख्या आठ सय ९३ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button