तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा प्लाज्मा थेरापी बिधिबाट सेवा शुरु

बाँके । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा कोभिड–१९ का गम्भिर बिरामीहरुको उपचारकालागि सेवा सुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका अध्यक्ष प्रमोद रिजालले रगत दान गरेपछि अस्पतालमा बिरामीहरुका लागि यो सेवा सुरु भएको हो । वडाअध्यक्ष रिजालले आफुलाई कोभिड–१९ पोजेटिभ भएर कोरोना मुक्त भई १४ दिनको अवधि पार गरिसकेका छन ।

कुनै व्यक्तिलाई कोभिड–१९ कोरोना संक्रमण पुष्टि भई १४ दिन आइसोलेसन बसेर निको भए पश्चात् अरु १४ दिनपछि आफ्नो रगत कोभिड–१९ का गम्भीर बिरामीहरुको लागि दान गर्न सक्छन ।
कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रिया नै प्लाज्मा थेरापी हो । यसले संक्रमित बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने चिकित्सकहरु बताउंछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button