रुपन्देहीमा कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा एकजना कोरोना भाइरस संक्रमित गर्भवतीको शल्यक्रिया गरी बच्चा जन्माइएको छ ।
रुपन्देही सिद्धार्थनगरकी २२ वर्षीया महिलाको अस्पतालका सर्जन डा. विष्णु गौतमको नेतृत्वमा शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।
बच्चा र आमालाई लुम्बिनी प्रादेशिक अस्पतालमै उपचारका लागि राखिने र आमाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने अस्पतालका सूचना अधिकारी डा. गौतमले जानकारी दिनुभयो । बच्चाको पनि पीसीआर परीक्षण गरिने उहाँले बताउनुभयो ।
भीम अस्पताल भैरहवाले रिफर गरेर बुटवल आएकी महिला र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि प्रादेशिक अस्पतालमा एकजना गर्भवतीको शल्यक्रिया हुन नसकेको भन्दै आलोचना भएको थियो । तर अब भने अस्पतालले संक्रमित गर्भवतीको शल्यक्रिया गर्न सक्ने उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्