कैलालीमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

कैलाली । कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । अस्पतालले एक सूचना जारी गर्दै यो विधिबाट उपचार सुरु भएको जनाएको हो ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले तय गरेको मापदण्ड अनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धानात्मक उपचार सुरु गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्