होम आइसोलेसनमा बसेकी सङ्क्रमित महिलाको मृत्यु

रुपन्देही । रुपन्देहीमा होम आइसोलेसनमा बसेकी एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति मृत्यु भएको हो ।
भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पुष्टि गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्