रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

बुटवल । रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ः०० बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताउनुभयो ।
भदौ ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएकी महिलाको स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्