तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवन । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत भरतपुर–६, केशरबागका ७८ वर्षीय पुरुषको आज विहान ७ः२० बजेको समयमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

योसँगै चितवनमा मृत्यु हुनेको संख्या छ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button