तपाईँ सुन्दै हुनुहुन्छः

समीट अस्पताल, लोकन्थलीमा अर्का एक कोरोना संक्रमितको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ मा एकजना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पाल्पा स्थायी घर भई हाल लोकन्थलीस्थित रमाइलो चोक बस्ने ७७ वर्षीय पुरुषको स्थानीय समिट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मध्यपुर थिमी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुरज खड्काले बताउनुभयो ।

गम्भीर बिरामी परेपछि उपचारका लागि उनलाई शुक्रबार बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो ।

दमका रोगी समेत रहेका वृद्धलाई त्यहाँ भर्ना गर्न आइसयु खाली नभएको भन्दै अस्पतालले फर्काए पछि लोकन्थलीस्थित समिट अस्पतालमा भर्ना गरिएको थियो । समिटमा भर्ना गरेर उपचार चलिरहँदा आज दिउँसो मृत्यु भएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार श्वास प्रश्वास बढेपछि अस्पताल भर्ना गरिएका पुरुषको स्वाब परिक्षण गर्दा रिपोर्टमा संक्रमण पुष्टि भएको थियो ।

यस अघि आज बिहान भक्तपुरमै पहिलो पटक होम आइसोलेसनमा रहेका एक ६५ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

दुबै शबको ब्यबस्थापन सेनाले गरेको बीर दल गणका प्रमुख कर्णेल शिब पौडेलले बताउनुभयो ।

हालसम्म कोरोनाबाट भक्तपुरमा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button