नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या आठ पुग्यो

कालिकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका १ नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
आज बिहन गएको पहिरोमा परी पुरिएर नाग्म बजारका स्थानीय आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिनुुभयो ।
कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा गएको पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारका ४० वर्षीय परेक शाही, उनको ५ वर्षीय छोरा निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही, ७ वर्षीया छोरी हिमा शाही, एक महिनाका वच्चा, र नाग्म बजारकै टेक दमाई, छाइला दमाई, गजेन्द्र दमाई, मनविर कटुवाल रहाका छन ।
पहिरोबाट ३५ वर्षीय पुर्णकला शाही र १३ वर्षीय अर्जुन हमाल को सकुसल उद्धार गरीएको छ ।
पहिरोमा चार घर पहिरोका छन भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु मार्फत उद्धार र खोजी कार्य भईरहेको डिएसपी ओलीयाले बताउनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्